२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप क्रिकेट लिग दुईः नेपाल स्कटल्याण्डसँग पराजित



अ+ अ-

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग पराजित भएको छ ।

स्कटल्याण्डको टिटवुड ग्लासगोमा आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो ।

स्कटल्याण्डका लागि कलुम म्याकलिओडेले सर्वाधिक ६४ रनको योगदान दिए । २९ बलमा उनले १० चौका र ३ छक्कासहित ६४ रनको योगदान दिएका हुन । त्यस्तै काइल कोट्जरले ४४ रन जोडे । ५२ बल खेलको उनले ७ चौकाको मद्दतमा ४४ रन जोडेका हुन ।

नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ३५ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनमा समेटिएको थियो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए भने सन्दीप लामिछाने २२ रनमा आउट भए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०र१० रन बनाए ।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख शून्य रनमा आउट भए । स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट झारे ।

त्रिकोणात्क एकदिवसीय सिरिजमा नेपालले तीन खेलमा हार र एक खेलमा जीत हात पा¥यो । नेपालले पहिलो खेलमा स्कटल्याण्डलाई पाँच विकेटले हराएको थियो । त्यस्तै नेपाल नामिबियासँग ४० र ६३ रनले पराजित भएको थियो ।