२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्याले नेपाललाई दियो १३३ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । घरेलु टोली केन्याले दोस्रो टी-ट्वान्टी क्रिकेटमा नेपालसामु जितका लागि १ सय ३३ रनको लक्ष्य दिएको छ ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको केन्याले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३२ रन जोड्यो ।

केन्याका लागि राकिप पटेलले सर्वाधिक ३५ रन जोड्दा नेहिमिह ओधियाम्बोले २९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले ३/३ विकेट लिए ।

करण केसीले २ तथा पवन सर्राफले १ विकेट लिए ।

बिहीबार भएको पहिलो खेलमा नेपालले केन्यालाई ५ विकेटले पराजित गरेको थियो ।