२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भवः प्रधानमन्त्री देउवा



अ+ अ-

बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर र स्वच्छ सहरको विकासबाटै व्यवस्थित सहरीकरण सम्भव हुने बताउनुभएको छ । उहाँले नेपालमा सहर योजनाबद्ध र व्यवस्थित बन्न नसक्दा विभिन्न खालका विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री देउवाले बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल मण्डपमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आज उद्घाटन गर्नुहँुदै नेपालका अधिकांश सहर योजनाबद्धरुपले बन्न नसकेकाले अव्यवस्थित र पुराना सहरलाई पुनःनिर्माण गरी व्यवस्थित सहरको रूपमा रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । बुटवलले व्यवस्थित सहरी विकासमा फड्को मार्न लागेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सम्मेलन केन्द्रले बुटवलको आर्थिक, सामाजिक र शैक्षिक विकासमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै यो सञ्चालनका लागि सरकारले छिट्टै निश्चित विधि तयार गर्ने बताउनुभयो ।

मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै सङ्घीय सरकारसँगै प्रदेश र स्थानीय तहमा विकासका पूर्वाधार बढेको र व्यवस्थित तरिकाले सहरी पूर्वाधार अघि बढाउन जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गर्नुभयो । उहाँले प्रदेश र स्थानीय तहले योजनाबद्व सहरी विकासमा जोड दिनुपर्ने बताउनुभयो । “जनातालाई आफ्नै थातथलोमा आधुनिक सहरी विकासको सेवा पु¥याउन सके अनियन्त्रित बसाइँसराइ रोकिन्छ”, उहाँले भन्नुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाणले बुटवल नेपालको मध्यभागमा रहेको र संंसारको आस्थाको केन्द्र बुद्ध जन्मस्थल लुम्बिनी रहेकाले यस क्षेत्रको विकासले समग्र देशकै विकासको आधारशीला तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यहाँका नागरिक र जनप्रतिनिधिको साझा प्रतिबद्वता रुपन्देहीको विकासको प्रतिफलले देशकै आर्थिक विकासमा टेवा पु¥याउने बताउनुभयो ।

गृहमन्त्री खाणले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आए पनि आर्थिक केन्द्रको रूपमा सञ्चालन गर्न गतिशील र चलायमान बनाउन नसकिएको बताउनुभयो । उहाँले विमानस्थलका लागि अन्तर्राष्ट्रिय हवाईमार्गको सञ्जाल बढाउन प्रधानमन्त्री देउवाले भारतीय समकक्षीसमक्ष थप हवाई उड्डयन र एयररूटको अनुमतिका लागि अनुरोध गर्नुभएको सो अवसरमा जानकारी दिनुभयो । भारतीय तहबाट हवाईमार्गका लागि अनुमतिप्राप्त हुँदा गौतमबुद्ध विमानस्थल मात्र नभएर काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलागि समेत सहज हुने उहाँको भनाइ थियो ।

गृहमन्त्री खाँणले निर्माण सम्पन्न सम्मेलन केन्द्रबाट अब राज्यको लगानी प्रतिफलमा कसरी उठाउने, बहुआयामिक उपयोगिता कसरी गर्ने, आम नागरिकलाई यससँग जोडेर अर्थतन्त्र गतिशील कसरी बनाउने भन्ने विषयमा योजना बनाउन निजी क्षेत्रका आम उद्योगी व्यवसायीलाई अनुरोधसमेत गर्नुभयो । यस क्षेत्रको विकासका लागि सरकारले दाउन्नेमा सुरूङमार्ग यसै वर्षदेखि सुरु गर्ने तथा शिद्वबाबामा सुरूङमार्ग अविलम्ब निर्माणको अवस्थामा पुगेको उहाँले जानकारी दिनुभयो ।

सरकारले अस्थायीरूपमा बसेका नागरिकलाई जमिनको स्वामित्व दिने विषयमा भूमि आयोगबाट छिट्टै पुर्जा दिने व्यवस्था मिलाउने र भूमिहीन, पिछडिएका, दलित नागरिकलाई बसोबासको व्यवस्था मिलाउन सङ्घीय सरकारको तर्फबाट भूमि आयोगको माध्यमबाट बसोबासको व्यवस्था मिलाउने विषयमा सरकार लागिपरेको मन्त्री खाणले बताउनुभयो ।

कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवम नेकपा ९एमाले०का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीका जनप्रतिनिधि र जनता विकासको गफ मात्र होइन, काम गरेर देखाउँछन् भन्ने जिल्लामा निर्माण भएका यस्ता आयोजनाबाट देखिएको बताउनुभयो । रुपन्देही विकासका मुद्दामा अघि बढेको उल्लेख गर्दै उहाँले विकासका लागि नमूना जिल्ला बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “रूपन्देही नयाँ–नयाँ मानक स्थापित गर्न सक्षम छ, हिजो सुरू गरिएका आयोजना आज उद्घाटन गर्ने अवस्थामा छाँै ।” उहाँले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि तीनै तहका सरकारले मिलेर बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि व्यवसायिकसँगै व्यापार र आम्दानी दिने गरी बनाउनुपर्ने सुझाव दिनुभयो । योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेलले यसरी बनेका र बन्दै गरेका सम्मेलन केन्द्रको सञ्चालन कार्यविधि पनि सरकारले बनाउन लागेको जानकारी दिनुभयो । उहाँले योजना आयोगले कार्यविधि बनाउँदा दिगोपन प्रत्याभूति हुने गरी बनाउन सहजीकरण गर्ने बताउनुभयो ।