२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतद्वारा पाकिस्तान पराजित



अ+ अ-

एजेन्सी । भारतले एसिया कप २०२२ को विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।

आइतबार राति दुबईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको पाकिस्तानले १९.५ ओभरमा १४७ रन बनाएको थियो ।

मोहम्मद रिजवानले ४३ रन बनाए । भुवनेश्वर कुमारले चार र हार्दिक पाण्ड्याले तीन विकेट लिए ।

जवाफमा भारतले १९.४ ओभरमा ५ विकेटले जित हात पारेको थियो । हार्दिकले छक्का लगाएर खेलको अन्त्य गरे । भारतका लागि विराट कोहलीले ३५ रन, रविन्द्र जडेजाले २९ बलमा ३५ रन र हार्दिक पाण्ड्याले १७ बलमा ३३ रन बनाए । पाकिस्तानका लागि मोहम्मद नवाजले तीन र नसिम शाहले दुई विकेट लिए ।

एसिया कपमा भारतले पाकिस्तानलाई लगातार चौथो पटक पराजित गरेको छ । यसअघि सन् २०१६ मा भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। यसपछि २०१८ एशिया कपमा टीम इन्डियाले पहिलो खेलमा ८ विकेट र दोस्रो खेल नौ विकेटले पराजित गरेको थियो ।

यो जितसँगै भारतले पाकिस्तानसँग २०२१ को टी–२० विश्वकपमा पराजयको बदला पनि लिएको छ । दुबई अन्तर्राष्ट्रिय स्टेडियममा सन् २०२१ को टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो ।

भारतीय टोलीले अब आफ्नो अर्को खेल अगस्ट ३१ मा हङकङसँग खेल्नेछ । त्यस्तै, पाकिस्तानको टोलीले सेप्टेम्बर २ मा हङकङसँग खेल्नेछ ।