२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारीहरु राष्ट्रपति भवन शीतल निवासमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस पदाधिकारीहरु राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका देउवासँगै कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर थापा सोमबार दिउँसो शीतल निवास पुग्नुभएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न बोलाएपछि उहाँहरु शीतल निवास पुग्नुभएको बताइएको छ ।

नागरिकता विधेयक विषयमा राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच पछिल्लो समय दूरी बढेको छ । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि सन्देशसहित संसद्मै फिर्ता पठाउनुभएको थियो । प्रतिनिधिसभाले सो विधेयकमाथि कुनै पुनर्विचार नगरी हुबहु पारित गरेपछि राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच दूरी बढेको हो ।