२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान एसिया कपको सुपर ४ मा



अ+ अ-

एजेन्सी । अफगानिस्तानले युएईमा जारी एसिया कप २०२२ क्रिकेटमा सुपर ४ मा स्थान बनाएको छ ।

मंगलबार राति सम्पन्न खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै अफगानिस्तानले लगातार दोस्रो जितसहित सुपर ४ मा स्थान बनाएको हो । बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानस्तानले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

अफगानिस्तानका नाजिबउल्लाह जाड्रानले अविजित रहँदै सर्वाधिक ४३ रन जोडे । यस्तै, इब्राहिम जाड्रानले ४१ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे । हाज्रातुल्लाह जाजइले २३ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसन, मोसाडिक होसेन र मोहम्मद साईफुदिनले १/१ विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो।

बंगलादेशका मोसाडिक होसेनले अविजित ४८ रन बनाए। उनले ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यस्तै, महमुदुल्लाहले २७ बलमा १ चौकासहित २५ रन जोडे । मेहेदी हसनले १४ रन बनाए ।

अफगानिस्तानका मुजिबउर रहमान र राशिद खानले ३/३ विकेट लिए । यस जितसँगै समूह बी को अफगानिस्तानले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले हराएको थियो ।

अफगानिस्तान अंक तालिकाको शीर्ष स्थानमा रहँदा पराजित बंगलादेश भने अंकविहीन रहेको छ ।