२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनको वैशाखी संकटतर्फ धकेलियो: नेता पौडेल



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले एमालेका विरूद्ध एक्लै आफ्नो खुट्टामा उभिने आँट कुनै दलमा नभएको बताउनु भएको छ ।

प्रेस चौतारी नेपाल रूपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता पौडेलले आफ्नो मात्रै खुट्टामा टेकेर चुनाव लड्ने पार्टी एमालेमात्र भएको बताउनु भयो । नेता पौडेलले भन्नुभयो ‘एमालेसँग एक्लै चुनावमा भिड्ने आँट नेपालका कुनै पनि राजनीतिक दलसँग छैन ।’

उहाँले अदालतको दुरूपयोग गर्दै संवैधानिक ‘कू’ गरेर र एमालेका विरूद्ध सबै दलहरूको अपवित्र गठबन्धन गर्दा पनि स्थानीय तहको निर्वाचनमा मतको आधारमा एमाले पहिलो पार्टी बनेको बताउनु भयो ।

नेता पौडेलले गठबन्धनको वैशाखी समेत संकटतर्फ धकेलिएको उल्लेख गर्दे आगामी निर्वाचन पछि एमालले ठुलोदलका रुपमा सरकारको नेतृत्व गर्ने दाबी गर्नुभयो ।

नेता पौडेलले गठबन्धनले एमालेविरूद्ध विभिन्न झूटा भ्रमहरू सिर्जना गरेको भन्दै त्यस्ता भ्रमहरूलाई चिर्न प्रचार कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।