२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालद्वारा केन्या १७ रनले पराजित, शृंखलामा नेपालको कब्जा



केन्या विरूद्ध खेल्ने नेपाली क्रिकेट टोली-२०७९ । तस्वीरः क्यान
अ+ अ-

नेपाल र केन्या बीच शनिबार सम्पन्न दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले केन्यालाई १७ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको एक दिवसीय शृंखलामा नेपालले लगातार दुई खेल जितेर शृंखला कब्जा गरेको छ ।

नेपालले प्रस्तुत गरेको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभरमा २१३ रन मात्र बनाउन सक्यो । केन्याका लागि राकिप पटेलले व्यक्तिगत ८१ रन बनाए पनि टिमलाई विजयी गराउन सकेनन् ।

नेपालका दिपेन्द्र सिंह ऐरीले ४, सोमपाल कामीले ३, करन केसी, आदिल अन्सारी र पवन सर्राफले एकएक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३० रनको मध्यम स्कोर खडा गरेको थियो । नेपालका लागि रोहित कुमार पौडेलले ७८, देव खनालले ३७, ज्ञानेन्द्र मल्लले २५, सोमपाल कामीले २६, बसिर अहमदले १७ रन बनाएका थिए ।

तेस्रो तथा अन्तिम एक दिवसीय सोमबार खेलिने छ ।

एक दिवसीय मान्यता प्राप्त खेल नभए पनि यसले नेपाल र केन्या दुबै टिमका लागि महत्वपूर्ण अभ्यास खेलको रुपमा परिणत भएको छ ।
यसअघि दुई देशबीच सम्पन्न पाँच खेलको टी२० प्रतिस्पर्धामा नेपालले केन्यालाई ३–२ ले पराजित गरेको थियो ।