२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा घोषणापत्रका लागि शुभेच्छुकसँग सुझाव आह्वान



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणा–पत्रमा समावेशका लागि पार्टीका सबै मित्र तथा शुभेच्छुकसँग सुझावको आह्वान गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित ‘घोषणा पत्र मस्यौदा कमिटी’ले घोषणा–पत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टीपङ्क्तिलाई यही भदौ १५ गतेसम्ममा सुझाव दिन आह्वान गरेको थियो ।

पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेता–कार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझावसमेत दिइसकेको प्रचार विभागका सचिव गगन विष्टले बताउनु भएको छ ।

एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझावको आह्वान गरेको छ ।

एमालेप्रति सद्भाव राख्नुहुने जो कोहीले पनि एमालेले आगामी निर्वाचनमा विजयी भएपछि गर्नुपर्ने कामको सुझाव दिन चाहेमा यही भदौ २५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिनुहुन आह्वान गरिएको विष्टले बताउनु भएको छ ।

सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने इमेलमार्फत् सुझाव पठाउन चाहनेहरूले आफ्ना सुझाव [email protected] इमेल ठेगानामा पठाउन आह्वान गरिएको छ ।