२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारसँग हार्यो नेपाल



अ+ अ-

काठमाडौं । बहराइनमा जारी एएफसी यू–२० एशियन कप छनोट अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा सोमबार राति भएको खेलमा नेपाल कतारसँग ३–१ गोल अन्तरले पराजित भएको हो ।

खेलको ३० औं मिनेटमा मोहमद मन्सुर अलीले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा मोहमद सुरागले गोल गर्दै कतारको अग्रता दोब्बर पारे ।

खेलको ६० औं मिनेटमा राशिद अब्दुलाजिज अल अब्दुलाले गोल गर्दै कतारलाई ३–० को अग्रता दिलाए । यता, खेलको ७६ औं मिनेटमा जासिमल मोहमदले आत्मघाती गोल गरे । तर, कतार ३–१ ले विजयी बन्यो ।

जितसँगै कतारले प्रतियोगितामा विजयी सुरुवात गर्दै ३ अंक जोडेको छ । लगातार दुई खेलमा हार व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।

यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २–० गोलले पराजित भएको थियो । यस समूहमा नेपालसँगै कतार, भुटान, बहराइन र बंगलादेश रहेका छन् । समूह विजेता सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा छनोट हुनेछ ।