२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानेनन् चोलेन्द्रले आफ्नो बयानमा हस्ताक्षर गर्न



अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो बयानमा हस्ताक्षर गर्न मानेका छैनन् । महाअभियोग सिफारिस समितिले लिएको बयानमा हस्ताक्षर गराउने तयारी भएका बेला उनले हस्ताक्षर गर्न नमानेका हुन् ।

अहिले जबरालाई १७४ पृष्ठको बयान पढेर सुनाउने काम भइरहेको छ । सबै बयान पढ्न पाँच घण्टा लाग्ने अनुमान गरिएको छ । अहिले महाअभियोग सिफारिस समितिको बैठक ४५ मिनेटका लागि स्थगित गरिएको छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले सुरुमा सबै बयान पढेर नसकिने भन्दै अन्तिम एक पृष्ठमा हस्ताक्षर गरिदिने बताएको समिति सदस्य मीन विश्वकर्माले बताउनुभयो । तर हस्ताक्षर गर्ने बेलामा जबराले हस्ताक्षर गर्न नमानेपछि सबै बयान पढेर सुनाउने काम भइरहेको बताइएको छ ।

विश्वकर्माका अनुसार जबराले आफूले बोलेका कुराहरु बयान भएको, झण्डै २०० पृष्ठको बयान घरमा लगेर पढ्न नसक्ने भन्दै अन्तिम एक पृष्ठमा हस्ताक्षर गरिदिने बताएका थिए । तर अन्तिम पृष्ठमा सही गर्ने बेला जबराले हस्ताक्षर गर्न मानेनन् ।

अहिले अद्योपान्त पढेर सुनाएपछि हस्ताक्षर गराउने तयारी भएको समिति सदस्य विश्वकर्माले बताउनुभयो ।