२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीको बिदाइ सम्बोधन : भोलिदेखि हामी संसद्मा उपस्थित हुनेछैनौँ



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठकमा पार्टीबाट निर्वाचित सांसद्हरुलाई बिदाइ सम्बोधन गर्दै प्रचलनअनुसार भोलिदेखि आफूहरु संसद्मा उपस्थित नहुने बताउनुभएको छ ।

उहाँले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेलाई चामत्कारिक उपलब्धी दिलाउन सांसदहरुलाई आआफ्नो स्थानबाट सम्पूर्ण शक्ति लगाउन निर्देशन दिनुभयो ।

उहाँले भन्नुभयो, “जो जहाँ जस्तो अवस्थामा छ, जे जिम्मेबारी पाइन्छ, त्यो जिम्मेबारी पूरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।” पार्टी स्पिरिटमा चल्नुपर्ने भन्दै उहाँले भन्नुभयो, “हामीबाट कुनै प्रकारको असन्तुष्टि देखिएर अरुले सम्झाउनेगरी होइन,उच्चस्तरको सांस्कृतिक उचाई राखेर अघि बढ्नुपर्छ ।”

अध्यक्ष ओलीले सानदाररुपमा आफ्नो कार्यकाल पूरा भएको उल्लेख गर्दै पार्टीका तर्फबाट निर्वाचित सबै सांसदहरुलाई दशैँ लगायत सबै चाडपर्वको शुभकामना दिनुभयो ।