२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै



अ+ अ-

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो ।

नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ ।

नेपाल पहिलो खेलमा भूटानसँग २–० गोअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल कतारसँग ३–१ तथा तेस्रो खेलमा आयोजक बहराइनसँग ६–० गोल अन्तरले पराजित भएको थियो । हारसँगै नेपालको एशियन कप खेल्ने सपना समाप्त भइसकेको छ ।

विभिन्न पाँच राष्ट्र सहभागी समूह ‘बी’ मा नेपाल अङ्क तालिकाको अन्तिम स्थानमा छ । त्यस्तै बङ्गलादेश भने दोस्रो जीतको खोजीमा छ । बङ्गलादेश ३ खेलमा ४ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । बङ्गलादेशले भूटानलाई हराएको थियो भने बहराइनसँग गोलरहित बराबरी खेलेको थियो ।

यसैगरी भूटानले चार खेलमा तीन अङ्क जोडेको छ । यस समूहबाट आयोजक बहराइन र कतारमध्ये एक टोली समूह विजेता बन्दै सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एशियन कपमा स्थान बनाउनेछ । जारी छनोट खेलमा आयोजक बहराइनको सात अङ्क रहेको छ भने कतारको नौ अङ्क छ । करार र बहराइनबीचको खेल पनि आजै हुनेछ । उक्त खेल राति ११ः४५ बजे हुनेछ ।