२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ राजनीतिक दलका शीर्ष नेताद्वारा निर्वाचन आचारसंहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता



अ+ अ-

काठमाडौँ । प्रधामन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका १२ राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिले निर्वाचन आचार संहिता २०७९ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

निर्वाचन आचारसंहिता कार्यान्वयन प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न तथा त्यससम्बन्धी सहभागी हुन निर्वाचन आयोग पुगेका शीर्ष नेताहरुले निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन आयोगमा आयोजित कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाण, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङ, नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, नेकपा (माओवादी केन्द्र)का नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायत उपस्थिति थिए ।