२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेखर कोइराला समूहको चियापान



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेस संस्थापनइतरले काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापालगायतका शीर्ष नेता उपस्थित छन् । साथै पूर्वपदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापतिहरू पनि चियापान कार्यक्रममा पुगेका छन् ।

शेखर कोइराला समूहले पार्टीलाई खबरदारी गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा दिएको धर्नामा सहभागी नभएका नेताहरु पनि चियापान कार्यक्रममा सहभागी भएका छन् । चियापान कार्यक्रमलाई पनि शेखर समूहले खबरदारीकै निरन्तरता भनेको छ ।

चियापानमा सहभागी अधिकांश नेता कार्यकर्ताले आसन्न चुनावमा उम्मेदवार बन्नबाट वञ्चित भएको भन्दै गुनासो पोखेका छन् । समानुपातिकको बन्दसूचीमा पनि आफ्नो नाम नपरेको साथै प्रत्यक्षमा पनि सम्भावना कमजोर हुँदै गएको भन्दै पहल गरिदिन शेखर, गगन र धनराजसमक्ष उनीहरुले आग्रह गरेका छन् ।

बुधबार विद्रोही समूहले समान अवसर र समान न्यायका लागि पार्टी केन्द्रीय कार्यालय सानेपा धर्ना दिएको थियो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि समानुपातिक उम्मेदवार चयनमा पार्टी सभापति एवं प्रधानमन्त्री देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै शेखर पक्षले विरोध गर्दै आएको छ ।

विद्रोही पक्षले समानुपातिक सूचीमा नाम सच्याउन माग गर्दै आएको छ । विद्रोही पक्षले समानुपातिक सूचीमा आफ्नो पक्षलाई ४० प्रतिशत सिट दिनुपर्ने माग गरेको छ ।

संस्थापन पक्षले आफूहरुको मागलाई बेवास्ता गरिरहे र समानुपातिक सूची नसच्याए असोज १४ गतेदेखि पार्टी नेतृत्वप्रति कठोर निर्णय लिने नेता केसीले जानकारी दिनुभएको छ ।