२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीम रावलको ओलीलाई प्रश्न, संदिग्ध र रंगीबिरंगी सर्प किन हुर्काइँदैछ, स्पष्ट पार्ने कि ?



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष पार्टीभित्र संदिग्ध र रंगीबिरंगी सर्प हुर्काउनु पर्ने कारण स्पष्ट पार्न आग्रह गर्नुभएको छ ।

प्रभु साहले पार्टीबाट विद्रोह गरी आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि साहलाई अध्यक्ष ओलीले ‘संदिग्ध चरित्र र हरियो सर्प’ भनेपछि नेता रावलले एक ट्विट गर्दै सो कुरा बताउनुभएको हो ।

उहाँले संदिग्ध र हरिाये सर्पलाई माथि चढाउन जिम्मेबार को छ र आज अनेकौँ संगिध् र रंगीबिरंगी सर्प किन हुर्काइँदैछ भनी प्रश्न गर्नुभएको छ ।

प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दिन नेता रावललाई पार्टी अध्यक्ष ओलीले वन्चित गर्नुभएको छ ।