२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवौं राष्ट्रिय खेलकुदः बागमतीलाई हराउँदै एपीएफ सेमिफाइनलमा



अ+ अ-

पोखरा । नवौं राष्ट्रिय फुटबल अन्तर्गत एपीएफले पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

गोस्टेघाटमा सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३–१ गोलले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । पराजय ब्यहोरेको बागमती भने बाहिरिएको छ ।

पहिलो हाफको इन्जुरी समयमा अभिषेक रिजालले गोल गर्दै बागमतीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६५ औं मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको ७६ औं मिनेटमा नवीन लामाले गोल गर्दै एपीएफलाई २–१ को अग्रता दिलाए । त्यसपछि खेलको इन्जुरी समयमा नवीनले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै एपीएफलाई ३–१ को जित दिलाए ।