२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई पटकको च्याम्पियन वेस्ट इन्डिज विश्वकप छनोट चरणबाटै बाहिरियो



अ+ अ-

एजेन्सी । दुई पटकको च्याम्पियन वेस्ट इन्डिज टी–२० विश्व कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज शुक्रबार भएको खेलमा आयरल्यान्डसँग नौ विकेटले पराजित भएसँगै वेस्ट इन्डिजको विश्वकप यात्रा समूह चरणसम्म मात्रै बनेको हो ।

होबार्टमा वेस्ट इन्डिजले दिएको एक सय ४७ रनको लक्ष्य आयरल्यान्डले १७ ओभर ३ बलमा एक विकेट गुमाएर पछ्यायो । पउल स्टर्लिङले ६६ र लोर्कन टकरले ४५ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ४६ रन बनाएको थियो । उसका ब्रान्डन किङले ६२ रन बनाए । योसँगै आयरल्याण्डले सुपर–१२ मा स्थान बनाएको छ ।

कुनै पनि विश्व च्याम्पियन टोली मुख्य राउण्डमा नपुगेको यो पहिलो पटक हो । वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा टी–२० विश्वकपको उपाधि जितेको थियो ।