२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाको सानदार जित



अ+ अ-

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सानदार जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा गएराति भएको खेलमा बार्सिलोनाले एथलेटिको बिल्वाओलाई ४–० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन औसमाने डेम्बेले, सर्जी रोबर्टो, रोबर्ट लेवान्डोस्की र फेरान टोरेसले गोल गरे ।

खेलको १२औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो । उनले लेवान्डोस्कीको पासमा गोल गरे । १८औं मिनेटमा सजी रोबर्टोले डेम्बेलेको पासमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

२२औं मिनेटमा डेम्बेलेको पासमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई ३–० ले अघि बढाए ।

त्यसपछि ७३औं मिनेटमा सब्सीच्युट खेलाडी फेरान टोरेसले गोल गर्दै बार्सिलोनालाई सानदार जित दिलाए । ६३औं मिनेटमा पेड्रीको स्थानमा मैदान छिरेका टोरेसले डेम्बेलेको पासमा गोल गरे ।

जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ११ खेलबाट २८ अंक छ । समान खेलबाट ३१ अंक रहेको रियल मड्रिड शीर्षस्थानमा छ । पराजित विल्वाओ १८ अंकसहित छैटौं स्थानमा छ ।