२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारतले बंगलादेशलाई ५ रनले हरायो



अ+ अ-

एजेन्सी । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत भारतले जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा वर्षाले प्रभावित खेलमा भारतले बुधबार बंगलादेशलाई डीएल पद्दतिको आधारमा ५ रनले पराजित गरेको हो ।

भारतले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित १६ ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन मात्र बनाउन सक्यो ।बंगलादेशले जवाफी ब्याटिङमा उत्रिँदा वर्षाले प्रभावित गरेपछि खेल १६ ओभरमा झारिएको हो ।

बंगलादेशका लिटोन दासले ६० रनको अर्धशतकीय इनिङ खेले । नाजमुल होसेनले २१ रन जोड्दा कप्तान शकिब अल हसनले १३ रन बनाए ।

भारतका अर्शदिप सिंह र हार्दिक पाण्डयले २र२ विकेट लिए । मोहमद शामीले १ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८४ रन बनायो ।

भारतका लागि विराट कोहलीले अविजित रहदै ६४ रनको अर्धशतकीय इनिङ खेले भने केएल राहुलले ५० रनको अर्धशतकीय इनिङ खेले । सूर्यकुमार यादवले ३० रनको योगदान दिए ।

बंगलादेशका हसन ममुदले ३ तथा शकिब अल हसनले २ विकेट लिए । योसहित तेस्रो जितसँगै भारतले ४ खेलमा ६ अंक जोडेको छ । भारत समूह २ को शीर्ष स्थानमा उक्लिएको छ भने बंगलादेश ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।