२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकीकृत समाजवादी धनगढी नगरअध्यक्ष एमालेमा प्रवेश



अ+ अ-

धनगढी । नेकपा (एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मी नेकपा (एमाले) मा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजित कार्यक्रममा नेता रेग्मीसहित कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई टीका र खादा लगाएर पार्टी प्रवेश गराउनुभएको हो । एमाले पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादी निकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य राजेन्द्र बम, पार्टी जिल्ला सचिवालय सदस्य भक्तराज जोशी, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य रमेश धामी, धनगढी उपमहानगर कमिटी सदस्य चक्र कुँवर, अखिल नेपाल महिला संघकी नगर कमिटी सचिव पवित्रा बोहरा पनि रहेका छन् ।

त्यस्ते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य खुस्बु राना, नेपाली कांग्रेसका क्रियाशील सदस्य तथा गोदावरी नगर कमिटी सदस्य बाली साउद पनि एमाले प्रवेश गरेको एमालेले जनाएको छ ।