२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसिसी नेपालको हितमा छः कांग्रेस केन्द्रीय सदस्य आचार्य



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सांसद इञ्जिनियर मोहन आचार्यले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको बताउनुभएको छ ।

विगतमा कांग्रेस, एमाले, माओवादी नेतृत्वको सरकारले एमसिसीबाट सहयोग लिने प्रक्रियालाई निरन्तर अगाडि बढाएको उल्लेख गर्दै उहाँले सत्तामा हुँदा एउटा कुरा र विपक्षमा हुँदा अर्को कुरा गर्ने नेपाली राजनीतिको दोहोरो चरित्रले एसिसीलाई गिजोलेको बताउनुभयो । 

आज यहाँ आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले सत्तामा रहँदा पनि र प्रतिपक्षमा रहँदा पनि अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) नेपालको हितमा रहेको कुरा गर्दै आएको छ ।” नेता आचार्यले नेपाललाई आवश्यकपर्ने आयोजना छनोटका लागि नेपाल सरकार र एमसिसीको संयुक्त लगानीमा सञ्चालन हुने ६३ करोड अमेरिकी डलरको पूर्वाधार आयोजना व्यवस्थापनका लागि मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) स्थापना भएको भन्दै सो विकास समिति नेपालको विकास समिति ऐन, २०१३ अनुसार स्थापित भएको बताउनुभयो । 

एमसिसी परियोजनाअन्तर्गत सिन्धुपाल्चोक, काठमाडौँ, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी हुँदै जाने प्रसारण लाइन निर्माण गर्ने तथा दाङको धानखोलादेखि लमहीसम्मको सडकखण्ड स्तरोन्नति गरिने कार्यक्रम रहेको बताउँदै उहाँले यी परियोजनाको निर्माणबाट नेपालले विद्युत् निर्यात गर्नसक्छ र त्यसबाट रोजगारी सिर्जना एवम् राजस्व वृद्धि हुनेछ भन्नुभयो । 

नेता आचार्यले गरिबी निवारण र दिगो विकासमा यसले टेवा पु¥याउने उल्लेख गर्दै एमसिसी इन्डो–प्यासिफिक स्ट्राटेजीको अङ्ग नभएको र सन् २०१७ मा भएको सम्झौताअनुसार ५० करोड डलर अनुदान लिँदा नेपालले कुनैपनि रक्षा वा सैन्य दायित्व बहन गर्नुनपर्ने बताउनुभयो । एमसिसी नेपालका पक्षमा हुँदाहुँदै पनि नेताको दोहोरो चरित्रका कारण कतै एमसिसीले अरुणको नियति भोग्नुपर्ने त होइन भनी उहाँले प्रश्न गर्नु भयो रु

अरुण जलविद्युत् आयोजनामा भएको गलत निर्णयले आम नेपालीले दशकौँसम्म अन्धकारमा बस्नु परेको यथार्थलाई नभुल्नसमेत केन्द्रीय सदस्य आचार्यले जिम्मेवार राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभयो ।