२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा तेजोबध गर्न चाल चलिएको छ– ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारका दोषीलाई कारबाही गर्नेभन्दा तेजोबध गर्न चाल चल्ने काम भइरहेको आरोप लगाएका छन् ।

विहीबार पार्टीको पाँचौं केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएक हुन् । ‘भ्रष्टाचारलाई निष्पक्ष ढंगले छानबिन गरेर दृढतापूर्वक दोषीमाथि कारबाही गर्न छाडेर कसरी कसलाई तेजोबध गर्न सकिन्छ भन्ने कुरा पनि चालेका छन्’, उनले भने ।

ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वाग्रही ढंगले कसैलाई फसाउन खोजेको आशंका गरेका छन् । ‘भ्रष्टाचार प्रकरणमा हाम्रै पार्टीका साथीहरूको नाम आएको छ । हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । जोसुकैको नाम आवस् यदि दोषी छ भने कारबाही हुनुपर्छ ।’, ओलीले भने, ,जबसम्म मान्छे दोषी ठहरिँदैन दोषी रहन्छ कि भन्ने आशंका गर्न सकिन्छ । तर, हामी अपराधी हो भनेर करार गर्न वा दोषी नै छ भनेर करार गर्न सक्दैनौँ । त्यसको अदालति प्रक्रिया बाँकी हुन्छ । त्यसमा हामीले ढुक्क धारणा बनाउन सक्दैनौं ।’

ओलीले भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्ने बताए ।उनले भने, ‘भ्रष्ट क्रियाकलापलाई नियन्त्रण गर्नुपर्छ । हामीले सरकारलाई लगातार यही कुरा भनेका छौं ।’