२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा काण्डको छानबिन गर्दैमा सरकारको सफलता भन्न सकिँदैनः सभापति लामिछाने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताउनुभएको छ ।

शनिवार काठमाडौंको नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताउनु भयो ।

उहाँले भूटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताउनु भयो । उहाँले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताउनु भयो । उहाँले कुनै पनि पार्टी र पार्टीका शिर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताउनु भयो । उहाँले आफ्नो दलको लागि दोषीलाई बचाउने,छेक्ने ढाट्ने नगर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनुपर्छ । देशको बेइज्जत होइन भ्रष्टाचार गर्नेहरुको उजागर भयो । विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएको देखेका छौैं । यो देशको बेज्जत भएको होइन यो देशको इज्जत बढ्यो ।

पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिने हो । गलत छन् भने हेर्ने होइन प्रमाणित गर्ने कोशिस होला । जो–जो मुछिए पनि समाएर अनुसन्धानको दायरामा ल्याउने कसैलाई पनि छोड्ने होइन । एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुन्छ । त्यतिधेरै पनि नलियौं होला । आशावादी हुनुपर्छ । धेरै काण्डहरु लाइनमा छन् । ती काण्डहरु पनि अनुसन्धान हुन् । अनि हेर्छौं । सरकारले यसलाई शुरुवात बिन्दु मानेको हो भने स्याबास सरकार तर यो रोकिनु भएन । अहिलेलाई विषयान्तर गर्न सकैले नगरोस् । आफ्नो दलको लागि दोषीलाई बचाउने छेक्ने ढाँट्ने नगर्नुस् । नाङ्गीसक्यो अब किन छेक्ने ।’

सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताउनु भयो। उहाँले विभिन्न देशका पूर्वप्रधानमन्त्रीहरु हतकडी लाएर झेल गएकोदेखि रहेको भन्दै पूर्वप्रधानमन्त्रीहरुलाई हतकडी लगाएर जेलमा कोच्ने देशहरुको नजिर नेपालले लिन सक्नुपर्ने बताउनु भयो। उहाँले काण्डमा दोषी देखिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउन कसैलाई पनि छाड्न नहुने बताउनु भयो ।