२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

शरणार्थी प्रकरणमा संलग्नहरूमाथि राष्ट्रद्रोहको मुद्दा पनि चलाउन संसदमा संकल्प प्रस्ताव दर्ता



अ+ अ-

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा विशेष छलफल गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संकल्प प्रस्ताव दर्ता गराउनुभएको छ । ‘यो प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन आज मैले संकल्प प्रस्ताव दर्ता गराएकी छु,’ उहाँले भन्नुभयो ।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउन गृह मन्त्रालयसमेतका उच्चपदस्थ कर्मचारी र पदाधिकारीहरूले घुस लिएको, सचिव र मन्त्रीको पद दुरुपयोग गरी मन्त्रालयमा भएको संवेदनशील सरकारी कागजात (कार्यदलको प्रतिवेदन) गैरकानुनी तवरले हेरफेर, नष्ट र किर्ते गरेको, राजनीतिक दलका नेता र कर्मचारीले मानव तस्करी (बेचबिखन)का लागि बिचौलियासँग पैसा उठाएको र सयौँ नेपाली नागरिक भुटानी शरणार्थीको रूपमा तेस्रो मुलुकमा तस्करी भइसकेको भन्ने सूचना आएकाले निष्पक्ष र प्रभावकारी अनुसन्धान हुनुपर्ने उनको माग छ ।

‘त्यसकारण यस प्रकरणमा भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते र नीतिगत भ्रष्टाचारसमेत), संगठित अपराध (मानव तस्करीरबेचबिखन उद्योग) र राष्ट्रद्रोह (नागरिकलाई अर्कै मुलुकको नक्कली शरणार्थी बनाउने कार्य गरी राज्य र नागरिकप्रति घात/द्रोह)मा कुनै कसर बाँकी नराखी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारलाई निर्देशन दिनुपर्छ,’ प्रस्तावमा छ । संकल्प प्रस्तावमा निर्देशनका १० वटा विषय उल्लेख गरिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।