२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि स्वास्थ्यमन्त्री मेहतासँग अमेरिकाका कार्यवाहक राजदूतको शिष्टाचार भेट यी हुन् गृहमन्त्री सुदन गुरुङले आज गरेका निर्णयहरू जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाउपाद्वारा तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग, माग पूरा नभए सरकारको समर्थन फिर्ता लिने चेतावनी



अ+ अ-

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले तीन दिनभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रतिवेदन सार्वजनिक नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ।

“हामी अदालतको फैसलालाई सम्मान गर्छौं, हाम्रो लडाइँ न्यायालयसँग होइन। सिंहदरबारसँग हो। प्रधानमन्त्रीसँग हो, न्यायालयले फैसला सुनाइसकेको छ। दोहोर्‍याएर फैसला हुँदैन”, पार्टीका नेता लक्ष्मण चौधरीले भन्नुभयो।

चौधरीले लाल आयोग मात्रै नभएर देवीराम शर्मा र संसदीय समितिको प्रतिवेदन सार्वजनिक गरे पनि आफूहरूलाई मान्य हुने बताउनुभयो ।

उहाँले टीकापुर घटनामा दोषी ठहर भई जन्म कैदको सजाय काटिरहेका पार्टीका संरक्षक रेशम चौधरीको रिहाइको माग गर्दै आजदेखि शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने जानकारी दिनुभयो ।

उहाँले तीन दिनभित्र आयोगको प्रतिवेदन सार्वजनिक नगरिए जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको आयोजना गर्ने पनि चेतावनी दिनुभयो।