२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा



अ+ अ-

काठमाडौँ । सरकारले स्वास्थ्य विमा कार्यक्रम पुनरावलोकन गर्ने भएको छ । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच विस्तार गर्ने पनि उल्लख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सो नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्दै प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण तथा उपचारसहितको स्वास्थ्य केन्द्र स्थापना गर्ने बताउनु भयो । नीति तथा कार्यक्रममा अशक्त, असहाय, र ज्येष्ठ नागरिकलाई घरघरमा पुगेर आधारभूत स्वास्थ्यसेवा प्रदान गर्ने भनिएको छ ।

राष्ट्रपति पौडेलले भन्नु भयो, ‘गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकका पहुँच स्थापना गरिनेछ । स्वास्थ्य विमा कार्यक्रमको पुनरावलोकन गरिनेछ । प्रदेश स्तरमा सेन्टर फर एक्सिलिएन्सको रुपमा र राष्ट्रिय तथा प्रदेश स्तरमा टेलिमेडिसिन स्थापना गरिनेछ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य परीक्षण उपचार सहितको स्वास्थ्य केन्द्र स्थापना गरिनेछ ।

अशक्त, असहाय र ज्येष्ठ नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य प्रदान गरिनेछ । आधारभूत अस्पतालमा काम गर्ने चिकित्सकलाई उच्च चिकित्सा शिक्षामा अध्ययनको अवसर दिइनेछ । संक्रमक रोगविरुद्ध अभियान र नसर्ने रोगको उपचारका लागि विशेष कार्यक्रम संचालन गरिनेछ ।’




भर्खरै