२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक सरकारद्वारा डीडीसी उत्पादन प्रवर्द्धनलाई राष्ट्रिय प्राथमिकता, प्रधानमन्त्री शाहको पनि समर्थन बजेट सुन्दा कर्णप्रिय छ, तर भित्र रूपान्तरणकारी सोचको अभाव छः पूर्वअर्थमन्त्री पुन एनआरएनए पोर्चुगलद्वारा आर्थिक पारदर्शिताका लागि सङ्कलित रकम बैंक खातामा जम्मा गर्न आह्वान संसदको गतिरोध: विपक्षीको विरोध, सरकारको बिजनेस प्रभावित प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडाकु शिविरमा कुनै घोटाला भएको छैन– माओवादी केन्द्र



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लडाकु शिविरमा घोटाला नभएको स्पष्ट गरेको छ ।

समसामयिक परिस्थितिबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन तथा समायोजनमा राज्यले जिम्मा लिएको उल्लेख गर्नुभयो ।

उहाँले एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, “यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक पार्न माओवादी सेनाको रेखदेख र व्यवस्थापनको निमित्त करिब ४६ करोड पेस्की लिई व्यवस्थापन गरिएकोमा शान्ति प्रकृयाको यथार्थ र विशिष्ठ परिस्थितिलाई मध्यनजर गरी सो रकम अनुदानमा परिणत गर्न संसदको सार्वजनिक लेखा समिति, शान्ति तथा पुन:निर्माण मन्त्रालयको सिफारिसमा नेपाल सरकारको २०६९ बैशाख १४ को निर्णय समेतलाई आधार बनाई महालेखा परीक्षकले २०६९ जेठ १९ गते सो रकम खर्चको समर्थन, फरछ्यौट र मिनाहा गरी समपरीक्षणको जानकारी पत्र शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय सिंहदरवारमा पठाएको छ ।”

विज्ञप्तिमा महालेखा परीक्षक कार्यालयको बार्षिक प्रतिवेदन २०६९ पेज नं २५९ अनुसार उक्त वेरुजुको समपरीक्षण सार्वजनिक भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “दोस्रो, ७ मुख्य शिविर र २१ सहायक शिविरमा शिविर व्यवस्थापन रकम शिविर व्यवस्थापन कार्यालय मार्फत माओवादी सेनाको भत्ता र अन्य व्यवस्थापनको रकम भुक्तानी भएको व्यहोरा जानकारी गराउदछौं ।”

उपाध्यक्ष महराले नक्कली भुटानी शरणार्थी कारवाही प्रक्रियाले राष्ट्रिय अपराधीहरुलाई कारवाही गरी राष्ट्रको शान जोगाउन उत्साह र मनोबल उठेको बताउनुभएको छ ।

“सबै पार्टीका समर्थक, शुभचिन्तक र आम जनसमुदायमा सकारात्मक जनसमुदायमा सकारात्मक तरंग पैदा गरेको छ । यसले गलत ढंगबाट पैसा आर्जन गर्ने प्रवृत्तिलाई निरुत्साहित गरेको छ र श्रम र उत्पादनप्रति सम्मान बढेको छ”, महराले विज्ञप्तिमा भन्नुभएको छ ।