२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

अध्यक्ष ओलीले धर्म, भाषा, संस्कृतिसहितका विविधतायुक्त नेपालले सामाजिक सदभावसहितको राष्ट्रिय एकताको सुदृढीकरणमा जोड दिनुपर्ने बताउनु भएको हो । उहाँले विविधता मुलुकको सामूहिक सम्पत्ति भएको उल्लेख गर्दै त्यसको सदूपयोग गर्दै अघि बढनुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो । नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयाजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने पनि पटकपटक दोहो¥याउनु भयो ।

मुलुकमा पनि साम्प्रदायिक विद्धेष फैंल्याउने षडयन्त्र भईरहेको उल्लेख गर्दै उहाँले त्यसबाट जोगिएर अघि बढनुपर्ने पनि बताउनु भयो । ओलीले विश्व राजनीतिमा धर्मको नाममा जनता मारिएको दृष्टान्त पेश गर्दै नेपालले पनि त्यसबाट सिकेर अतिवादको पक्षमा लाग्न नहुने बताउनु भयो । उहाँले भन्नु भयो, ‘विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरु पनि छन । यसलाई हामीले, नेपालीहरु सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदूपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ । यसलाई परस्परमा विद्धेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म ।

कहिले एउटै धर्म भित्र पनि यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन । धर्मका नाउमा ठूलाठूला लडाईँहरु भएका छन । धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरु मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन । र, हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसावले । यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । कहिलेकहिले राजनीतिक स्वार्थहरुका लागि अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ । गरिएको छ । र, जनता मराएर, देश सिध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने कामहरु भएका छन । र, हामीले के बुझ्नु पर्छ भने अरुले भडकाई दिएको भरमा, अरुले उचालिदिएको भरमा, अरुले हामीलाई भावनामा बगाईदिएको भरमा हामी उचालिनु, बग्नु हुँदैन ।

हामी सामाजिक सदभाव कायम गरौं, राष्ट्रिय एकता सुदृढ गरौं । त्यो भावनाका साथ अगाडि बढनु पर्दछ । मैले देखेको छु–समयसमयमा साम्प्रदायिक विद्धेषहरु नेपालमा पनि भडकाउन खोजिएको छ । भडकाईएको छ । मान्छे मराइएको छ । झगडा लगाइएको छ । यस्ता कुराहरु भएका छन । यसभित्र भड्काउनका लागि अनेक षडयन्त्रहरु भएका छन । त्यस्ता षड्यन्त्रहरुबाट पनि हामी जोगिनु पर्दछ ।’

अध्यक्ष ओलीले नेपालीहरुबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सदभाव बिथोल्ने प्रयास हुन सक्ने भन्दै सचेत पनि गराउनु भयो ।