२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
बालेन्द्र सरकारमा सुदन गुरुङ पुनः गृहमन्त्री, आजै शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले जवाफ दिने



अ+ अ-
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
विहान ११ बजे प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । साथै नीति तथा कार्यक्रममाथि संसदहरुले उठाउनुभएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिने कार्यक्रम पनि छ ।
साथै नीति तथा कार्यक्रममा संशोधनका लागि दर्ता भएका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभामा नेपाली कांंग्रेसका तीनसहित २० जना सांसदले नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ ।
सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भइसकेको छ ।