२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने



file
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रहने सम्भावित कार्यसूचीमा उल्लेख छ । शुक्रबार एमालेले संसद अवरुद्ध गरेपछि बस्न नसकेको बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । साथै नीति तथा कार्यक्रममाथि संसदहरुले उठाउनुभएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहालले दिने कार्यक्रम पनि छ ।

साथै नीति तथा कार्यक्रममा संशोधनका लागि दर्ता भएका प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । प्रतिनिधिसभामा नेपाली कांंग्रेसका तीनसहित २० जना सांसदले नीति तथा कार्यक्रम संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ ।

सरकारका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भइसकेको छ ।