२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा गाँजा खेती के का लागि? – केपी ओली



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने सरकारको घोषणामाथि प्रश्न उठाएका छन् । मंगलबार बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै ओलीले देशको आर्थिक स्थिती सुधार्न वैधानिकताको आवश्यक रहेको बताएका हुन् ।

ओलीले गाँजा खेतीको पछाडि कुनै वैधानिकता नरहेको बताउदै भने , ‘‘कसले गर्न खोजिराख्या छ यो गाँजा खेती ? यो कसका लागि गाँजा खेती ? अचम्म लाग्छ यो गाँजा खेती कसलाई चाहियो ?’

उनले सरकारको रेखदेखमा गाँजा खेती गर्ने विषय अनौठो रहेको बताउदै भने, ‘गाँजाको बीउ लिएर बसेको व्यापारी को हो?’ उनको प्रश्न छ । जनताका विषय भन्दा पर यो विषय रहेको उनको जिकिर छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने बताएका थिए ।