२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेमीले गरे लिभिङ टुगेदरमा बसेकी प्रेमिकाको हत्या



अ+ अ-

काठमाडौं । प्रेमीसँग सामान्य विषयमा मनमुटाव भई झगडाको रुप लिँदा एक जना युवतीको ज्यान गएको छ । काठमाडौं–२६, ठमेलमा बस्दै आएकी जेनिशा तामाङको मृत्यु भएको हो ।

प्रहरीले हत्या आरोपमा प्रेमी धुलिखेलका ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ठमेलको एक रेष्टुरेन्टमा काम गर्ने उनीहरु केही समय अघिदेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

मंगलबार अपराह्न साढे ३ बजेतिर उनीहरुबीच झगडा भएको थियो । मादक पदार्थ सेवन गरेपछि भएको झगडाका क्रममा मुक्का हान्ने, लात्ताले जथाभावी हानेको खुल्नमा आएको छ । घाइते भएपछि तामाङलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । चिकित्सकले ७ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका हुन् ।

उनको मृत्यु भएपछि प्रहरी वृत्त, लैनचौरले प्रेमी अमरलाई पक्राउ गरेको थियो । उनीविरुद्ध ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।