२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिफा यू–२० को उपाधि उरुग्वेले जित्यो



अ+ अ-

एजेन्सी । फिफा यू–२० विश्वकपको उपाधि उरुग्वेले जितेको छ । अर्जेन्टिनामा आइबार सम्पन्न फाइनल खेलमा इटालीलाई १–० गोल अन्तरले पराजित गर्दै उरुग्वे च्याम्पियन बनेको हो ।

पहिलो हाफ बराबरीमा रोकिएको थियो । तर, खेलको अन्तिम समयतिर अर्थात् ८६ औँ मिनेटमा लुसिआनो रोड्रीगेजले गोल गर्दै उरुग्वेलाई उपाधि दिलाए ।

उरुग्वेले यू–२० विश्वकपको उपाधि उचालेको यो पहिलो पटक हो । यसअघि दुई पटक फाइनलमा पुगे पनि उपाधि उचाल्न सकेको थिएन । उरुग्वेको जीतसँगै पहिलो पटक यू–२० विश्वकपको फाइनलमा पुगेको इटाली भने उप विजेतामा सीमित भयो ।

अहिलेसम्म यू–२० विश्वकपको सर्वाधिक उपाधि अर्जेन्टिनाले (६ पटक) उचालेको छ । यस्तै, ब्राजिल ५ पटक च्याम्पियन बनेको छ ।