२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

आ–आफ्नो कित्ता रोजौँ– डा भट्टराई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ भन्दै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता रोज्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमा उहाँले यथास्थितिवादी तथा अवसरवादी शक्तिहरू समय वा परिस्थितिको दास बन्दै त्यसै अनुरूप रङ्ग बदल्ने र भीडको पछि दौडने बताउनुभएको छ ।

विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिइरहेको बताउँदै विवेकको प्रयोग गरेर आ–आफ्नो कित्ता स्पष्ट पार्नुपर्ने उहाँले बताउनुभएको हो ।

अध्यक्ष भट्टराईले लेख्नुभएको छ, “जिउँदो माछा पानीको धाररछाल विरुद्ध पौडिन्छ १ मरेको माछा धाररछालसँगै बग्छ १ परिवर्तनकारीरअग्रगामी शक्ति र व्यक्तिहरू समय वा इतिहासको प्रतिक्रान्तिकारीरकट्टरपन्थी धाररछाल विरुद्ध उभिन्छन्,लड्छन् स् समाजलाई अग्रगामी बाटो देखाउँछन् १ युगीन सङ्कट र सम्भावनाको दोसाँधमा उभिएको वर्तमान विश्व र नेपाली इतिहासले यतिबेला सबैको परीक्षा लिँदैछ १ विवेकको प्रयोग गरौँ स् आ–आफ्नो कित्ता रोजौँ १’