२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन: महामन्त्री थापा



फाईल फोटो
अ+ अ-

मकवानपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

साथै उहाँले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्नुहुँदै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्वसभापति माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, पार्टी जिल्ला उपसभापति आनन्द कठायत, सचिव ईश्वर पाठक, सहसचिव इन्दिरा न्यौपाने प्रतिनिधिसभा क्षेत्र नं १ का सभापति दामोदर खनाल, मकवानपुर क्षेत्र नं २ का सभापति लोक मुक्तान, चितवन क्षेत्र नं १ का सभापति किरण वली, महासमिति सदस्य राजकुमार मल्ल, राजेश भेटवाल, मकवानपुर प्रदेशसभा १ का सभापति सुशान्त श्रेष्ठ, मकवानपुर प्रदेशसभा २ का सभापति रञ्जन कालाखेती, थाहा नगरसभापति प्रमोद जोशी, मनहरि–८ का सभापति भीमसेन लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस