२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा अध्यक्ष लामिछाने र इजरायली राजदूत गोडरबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच आज संक्षिप्त भेटवार्ता भएको छ।

भेटका अवसरमा विश्वमै उत्कृष्ट मानिने इजरायली प्रविधि, ज्ञान र सीप प्रयोग गरेर नेपालका कृषि योग्य जमिन विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिकामा कसरी प्रयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा छलफल हुनुका साथै विभिन्न समसामयिक विषयहरूमा कुराकानी भएको रास्वपाले जनाएको छ ।

सो अवसरमा पार्टीका सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरू रामकृष्ण भट्टराई र प्रतिभा रावल पनि सहभागी हुनुहुन्थ्यो ।