२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र पाकिस्तानबीचको विश्वकप खेल अक्टोबर १५ मा अहमदाबादमा हुने !



अ+ अ-

एजेन्सी । क्रिकेटको एकदिवसीय विश्वकप अक्टोबरदेखि नोभेम्बरसम्म भारतमा हुँदैछ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले खेल तालिकाको मस्यौदा तयार गरी इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)लाई पठाएको छ ।

मस्यौदा अनुसार प्रतियोगिता अक्टोबर ५ बाट अहमदाबादबाट सुरु हुनेछ । उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । भारतको पहिलो खेल अक्टोबर ८ मा चेन्नईमा अस्ट्रेलियासँग हुनेछ ।

प्रतियोगिताको सबैभन्दा ठूलो खेल भारत र पाकिस्तानबीच अक्टोबर १५ मा हुनेछ । यो खेल अहमदाबादको एक लाख दर्शक क्षमताको नरेन्द्र मोदी स्टेडियममा हुनेछ । विश्वकपको फाइनल नोभेम्बर १९ मा अहमदाबादमा नै हुनेछ ।

अहमदाबाद बाहेक पाकिस्तानका खेलहरु हैदराबाद, बैंगलोर, चेन्नई र कोलकातामा हुनेछन्।

क्रिकेट वेबसाइट क्रिकइन्फोका अनुसार आईसीसीले विश्वकप खेल्ने सबै टोलीलाई यो तालिकाको मस्यौदा पठाएको छ । उनीहरूको फिडब्याक लिएपछि, अन्तिम तालिका अर्को हप्ता जारी हुनेछ ।

सन् २०१५ र २०१९ मा भएको एकदिवसीय विश्वकपको तालिका एक वर्षअघि सार्वजनिक भएको थियो । सन् २०२३ को विश्वकपको तालिका भने अझै तय भएको छैन । प्रतियोगिता सुरु हुन ४ महिनाभन्दा कम समय बाँकी छ ।

२७ मेमा बीसीसीआई सेक्रेटरी जय शाहले विश्वकपको तालिका विश्व टेस्ट च्याम्पियनसिपमा जारी गरिने बताएका थिए । खेलतालिकामा ढिलाइ भएका कारण आईसीसीले विश्वकप खेलको टिकटको विवरण सार्वजनिक गर्न सकेको छैन ।

यसैबीच एसिया कपका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को प्रस्ताव एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले अनुमोदन गर्न सक्नेछ । समाचार एजेन्सी पीटीआईका अनुसार पीसीबीले भारतका सबै खेल श्रीलंकामा र बाँकी खेल पाकिस्तानमा गराउनुपर्ने प्रस्ताव राखेको छ ।