२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी नेता शर्माद्वारा नागरिकताबिहीनहरुको न्यायका लागि सत्याग्रह बस्ने घोषणा



अ+ अ-

नेकपा (माओवादी केन्द्र) का नेता रामकुमार शर्माले नेपाली भएर पनि नागरिकता नपाएकाहरुको न्यायका लागि सत्याग्रहमा बस्ने घोषणा गर्नुभएको छ ।

बुधवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै संविधान सभा सदस्यसमेत रहनुभएका उहाँले नागरिकता विधेयक सम्बन्धि आदेश अविलम्व सर्वोच्च अदालतबाट नआए सत्याग्रहमा बस्ने चेतावनी दिनुभएको हो । नागरिकता सम्बन्धि आदेश सर्वोच्च अदालतबाट नआउँदा लाखौँ नेपाली युवा बिचल्लीमा परेकाले अविलम्व नागरिकता प्रदान गर्ने फैसला सर्वोच्च अदातले गर्नुपर्ने उहाँको माग छ । उहाँले नागरिकता प्रदान गर्ने आदेश अविलम्व नआए असार १ गतेदेखि सत्याग्रहमा बस्न बाध्य हुने चेतावनी दिनुभयो ।

नेपालको संविधान २०७२ जारी भएको करिव ८ वर्ष भइसकेको र संविधान जारी भएको मितिले ३ वर्ष भित्र संघीय संसदबाट कानून बनाएर पूर्ण रूपमा कार्यान्वयन गरिने भनिएपनि राज्यद्वारा अनागरिक बनाउने प्रपञ्च सह्य नहुने उहाँले बताउनु भयो । नागरिकता विधेयक संघीय संसदबाट पारित भएर राजपत्रमा प्रकाशित भइसक्दा समेत अनेक बाहानामा कार्यान्वयन गर्न षड्यन्त्र हुँदै आईरहेको उनले आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘संविधान बमोजिम नागरिकता पाउन योग्य १० लाख भन्दा बढी नेपाली युवाहरुको पिडालाई आत्मसात गत जेठ १७ गतेका दिन नागरिकता विधेयक प्रमाणीकरण भयो र गृह मन्त्रालयले तत्काल राजपत्रमा प्रकाशित भयो ।’ तर षड्यन्त्रपूर्वक नागरिकता विधेयक असफल बनाउनकैलागि सर्वोच्च अदालतमार्फत षड्यन्त्र शुरु भएको छ ।’

शर्माले राष्ट्रिय एकता कायम राख्नका लागि पनि नागरिकता प्रदान गर्ने आदेश चाँडै आउनु आवश्यक रहेको बताउनु भयो ।