२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फिफा बेस्ट अवार्ड’को मनोनयनमा को–को परे ?



अ+ अ-

एजेन्सी । फिफाले प्रदान गर्ने फिफा ‘बेस्ट अवार्ड’का लागि विभिन्न विधामा मनोनयन सार्वजनिक भएको छ ।

फिफाले गएराति सार्वजनिक गरेको मनोनयन अनुसार ट्रेबल विजेता म्यानचेष्टर सिटीबाट ६ खेलाडी परेका छन् भने विश्व विजेता अर्जेन्टिनी कप्तान लियोनल मेसी पनि अवार्डको मनोनयनमा परेका छन् । तर, पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो भने मनोनयनमा परेनन् ।

पुरुषतर्फ १२ खेलाडीको मनोनयन सार्वजनिक भएको छ । जसमा मेसीसहित पिएसजीका केलिएन एमबाप्पे र सिटीका एर्लिङ हालान्ड मुख्य छन् ।

यसबाहेक सिटीका युलियन अल्भारेज, रोड्री, बर्नार्डो सिल्भा, केभिन डी ब्रुएना छन् । साथै, यसै सिजन बार्सिलोना पुगेका ईल्काए गुन्डोवान पनि मनोनयनमा अटाएका छन् ।

यस्तै आर्सनलका डिक्लेन राईस, नापोलीका भिक्टोर ओसिमहेन र केभिचा केभारात्खेलिया तथा अल नासरका मार्सेलो ब्रोजोभिच पनि मनोनयनमा परेका छन् ।