२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलियाविरुद्धको सुरुवाती सिरिजमा विराट, रोहित र हार्दिकलाई विश्राम



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि सोमबार साँझ भारतीय टोलीको घोषणा गरिएको छ । कप्तान रोहित शर्मा र मुख्य चयनकर्ता अजित आगरकरले पत्रकार सम्मेलन गरी टोली घोषणा गरेका हुन् ।

केएल राहुलले पहिलो २ ओडिआईमा कप्तानी गर्नेछन् । विश्वकप टोलीका पाँच खेलाडी रोहित शर्मा, विराट कोहली, हार्दिक पाण्ड्या, कुलदीप यादव र अक्षर पटेललाई विश्राम दिइएको छ ।

चोटका कारण अक्षरले पहिलो २ ओडिआई खेल्न पाउने छैनन् । उनको स्थानमा रविचन्द्रन आश्विन र वासिङ्टन सुन्दरलाई टोलीमा स्थान दिइएको छ । तेस्रो एकदिवसीयमा सबै सिनियर खेलाडी फर्कनेछन् ।

विश्वकपअघि अस्ट्रेलिया र भारतबीच ३ खेलको एकदिवसीय शृंखला हुनेछ । सिरिजको पहिलो खेल सेप्टेम्बर २२ मा मोहालीको पीसीए रंगशालामा हुनेछ ।

रोहित, कोहली, हार्दिक, कुलदीप र अक्षर तेस्रो एकदिवसीयमा पुनरागमन गर्नेछन् । यो खेलमा अश्विन र सुन्दरले पनि स्थान पाएका छन् ।