२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु मुस्ताङ घुमेर फर्कंदै गरेको म्याग्दी ‘ब्रेक’ फेल हुँदा ५ पर्यटक घाइते दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार ‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ साफ च्याम्पियनसिपमा भारतको सुखद् सुरुवात



अ+ अ-

काठमाडौं । काठमाडौँमा आजबाट सुरु भएको साफ यू–१९ च्याम्पियनसिपमा भारतले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा भएको उद्घाटन खेलमा बंगलादेशलाई ३-० गोलको अन्तरले पराजित गर्दै भारतले सुखद् सुरुवात गरेको हो ।

भारतको जितमा गुग्मसार गोयारी, नाओबा पंगमबम र अर्जुन सिंह ओइनामले समान एक एक गोल गरेका हुन् । गुग्मसार गोयारीले पहिलो मिनेट मै गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । यस्तै, पहिलो हाफको अन्तिम समयमा नाओबा पंगमबमले गोल गर्दै भारतलाई २-० ले अग्रतामा राखे । खेलको ९० औं मिनेटमा कप्तान इशान शिशोदियाको पासमा अर्जुन सिंह ओइनामले तेस्रो गोल गरे ।

यो जितसँगै भारतले समूह बी मा तीन अंक जोड्न सफल भएको छ । समूह बी मा भारत, बंगलादेश र भुटान रहेका छन् ।

आजै हुने प्रतियोगिताको दोस्रो खेलमा घरेलु टोली नेपालले पाकिस्तानको सामना गर्दै छ। खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । नेपालको कप्तानी गोलकिपर जियारथ शेखले गर्नेछन् ।

समुह ए मा रहेको नेपाल समूहमा शीर्ष स्थान ओगट्दै सेमिफाइनलमा बलियो दाबेदारी प्रश्तुत गर्न चाहन्छ । समूह ‘ए’ मा नेपालसहित पाकिस्तान र माल्दिभ्स छन् । दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।