२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेलाडीको पुरस्कार अझै आएन, तर आशावादी छौँ: कप्तान पौडेल



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको बताउनुभएको छ ।

एसियाड गेममा भाग लिन चीन उड्नुअघि आईतवार काठमाडौंमा बिदाई कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताउनुभएको हो । उहाँले एसियाड गेमका लागि नेपाली क्रिकेट टोलीले राम्रो तयारी गरिरहेको बताउनु भयो ।

उहाँले एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड रहेको बताउँदै आफूहरुको लक्ष्य मेडल जित्ने रहेको बताउनु भयो । उहाँले कमजोर वा बलियो दुवै टिमलाई कमजोर नठानी खेल्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले यस गेमले टि २० विश्वकप छनोटका लागि पनि सहयोगी भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘तयारी अहिले राम्रो भइरहेको छ । अन्तिम १५ दिन यता हामी अभ्यासमा नै व्यस्त छौँ । एशियन गेम्सलाई लिएर सबैजना एक्साइटेड हुनुहुन्छ । हाम्रो मेन लक्ष्य मेडल जित्नै नै हो । त्यसको लागि जस्तो टिम भएपनि, बलियो वा कमजोर जस्तो भएपनि आफ्नो प्रोसेस हामीले फलो गर्नुपर्छ । टि २० मा जे पनि हुनसक्छ । त्यसमा सबैजना जानकार हुनुहुन्छ । टि २० क्वालिफायर भन्दा अगाडि टुर्नामेण्ट खेल्न पाएका छौँ । निकै महत्वपूर्ण हुनेछ । वान डे गेम गत वर्षदेखि खेल्दै आएका थियौँ । अब टि २० मा जानुपर्नेछ । हामी टि २० का लागि रेडि छौँ । ललितलाई हामीले गेममा मिस गर्नेछौँ । वान डेमा पनि उहाँको ठूलो योगदान थियो । टि २० मा डेथ ओभर एकदमै महत्वपूर्ण हुन्छ । जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ, त्यसैले जित्छ । त्यसका लागि हामी मेहनत गरिरहेका छाँै । ग्रासरुट देखिका गेमहरु हुनुपर्छ । सरकारले घोषणा गरेको रकम कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ।’

टि २० गेममा जुन टिमले डेथ ओभरमा बेटर बलिङ गर्छ त्यही टिमले खेल जित्ने भएकाले त्यसका लागि मेहनत गरिरहेको बताउनु भयो ।