२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सविरूद्ध नेपाललाई २-० को अग्रता



अ+ अ-

काठमाडौँ । साफ यु–१९ फुटबल च्याम्पियनसिप अन्तर्गत माल्दिभ्सविरूद्धको खेलमा नेपालले २-० ले अग्रता लिएको छ।

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफ नसकिदै अग्रता लिएको हो ।

नेपालका लागि प्रशान्त लकसमले १८ औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिए । पछि खेलको ३० औ मिनेटमा गोल गर्दै समिर तामाङले टीमलाई दोब्बर अग्रता दिलाए ।

पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो । सेमिफाइनल प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने हुन्छ ।

यता, माल्दिभ्सले भने नेपालसँग बराबरी खेले पनि सेमिफाइनलको यात्रा गर्नेछ । माल्दिभ्सले पहिलो खेलमा पाकिस्तानसँग १–१ को बराबरी खेलेको थियो ।

समूह ‘ए’ बाट पाकिस्तानले भने सेमिफाइनलको टिकट काटिसकेको छ । यस्तै, समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् ।