२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन नियमविपरीत निर्माण गरिएका संरचना हटाउन आग्रह यस्ता छन् औद्योगिक क्षेत्रको भाडा नतिर्ने उद्योगहरू तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान मुस्ताङ भन्सारबाट छ अर्ब ६६ करोड बढी राजस्व संकलन प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । साफ यु–१९ फुटबल च्याम्पियनसिपमा निर्णायक खेलमा माल्दिभ्सलाई हराउदै नेपाल सेमिफाइनलमा पुगेको छ ।

सोमबार दिउँसो काठमाडौंस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४-१ ले हराउदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

पहिलो हाफको समाप्तिमा नेपालले माल्दिभ्सविरुद्ध २-० को अग्रता लिएको थियो । नेपालका लागि प्रशान्त लकसमले १८ औ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पछि खेलको ३० औ मिनेटमा गोल गर्दै समिर तामाङले टीमलाई दोब्बर अग्रता दिलाए ।

पछि माल्दिभ्सले खेलको ५८ औ मिनेटमा गोल गरेर २-१ को स्थितीमा ल्याएका थिए । यस्तै, खेलको ८८ औ मिनेटमा गोल गर्दै नेपालका निराजन धामिले टिमलाई सेमिफाईनलको लागि पक्का गराए । थप समयको अन्तिम मिनेटमा समिर तामाङले पुन: गोल गरे । समिरको गोलसँगै नेपालले माल्दिभ्सलाई ४-१ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको हो ।

समूह ‘ए’ बाट पाकिस्तान यसअघि नै सेमिफाइनलमा गईसकेको छ । समूह ‘बी’ बाट भारत र भुटान सेमिफाइनल पुगिसकेका छन् ।

आजै हुने दोस्रो खेलमा भुटानले भारतको सामना गर्नेछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ ।