२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेम्स एन्डरसनको भविष्यवाणीः विश्वकपको फाइनलमा इंग्ल्याण्डले भारतलाई हराउनेछ



अ+ अ-

एजेन्सी । एकदिवसीय विश्वकप बिहीबारदेखि भारतमा सुरु हुँदैछ । यो वर्ष पूरै प्रतियोगिता भारतले आयोजना गर्नेछ । जसमा कुल १० टोलीको सहभागिता रहने छ भने १० स्थानमा ४८ खेल हुनेछन् ।

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उद्घाटन खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । भारतीय टोलीले अक्टोबर ८ मा अष्ट्रेलियाविरुद्ध चेन्नईमा विश्वकपको यात्रा सुरु गर्नेछ । पछिल्ला तीन विश्वकप आयोजक राष्ट्रले जितेको छ र त्यसैले भारतलाई उपाधिको बलियो दावेदार मानिन्छ ।

यसैबीच, इंग्ल्याण्डका तीब्र गतिका बलर जेम्स एन्डरसनले २०२३ को विश्वकप अघि नै भविष्यवाणी गरेर भारतीय क्रिकेट फ्यानहरुलाई चकित पारेका छन् । एन्डरसनले भने कि यस वर्षको विश्वकपको फाइनल खेल नोभेम्बर १९ मा भारत र इंग्ल्याण्डबीच हुनेछ । इंग्ल्याण्डको टोलीले फाइनलमा भारतलाई हराएर लगातार दोस्रो पटक उपाधि जित्ने उनको विश्वास छ ।

जेम्स एन्डरसनले बीबीसी टेस्ट म्याच स्पेशलसँग कुरा गर्दै आगामी विश्वकपको सेमिफाइनल पुग्ने चार टोलीको नाम पनि बताए । उनका अनुसार सेमिफाइनलमा इंग्ल्याण्ड, भारत, अष्ट्रेलिया र दक्षिण अफ्रिका पुग्नेछन् । पाकिस्तान र न्युजिल्याण्डले राम्रो प्रदर्शन गर्ने भएपनि सेमिफाइनलमा पुग्न नसक्ने उनको भविष्यवाणी छ ।