२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ट्राफिक नियम उल्लङ्घनमा २,३९२ चालक कारबाही, २४ घण्टामा २१ लाखभन्दा बढी राजस्व सङ्कलन बालेन्द्र सरकारमा सुधन गुरुङ पुनः गृहमन्त्री, आजै ३ बजे शपथग्रहण आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

धर्मशालामा मलानले राखे यस्तो रेकर्ड



अ+ अ-

एजेन्सी । धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट संघ (एचपीसीए)स्टेडियममा इङ्ल्यान्डका ओपनिङ ब्याट्सम्यान डेभिड मलानले बंगलादेशको बलिङ आक्रमणलाई ध्वस्त पारे । मलानले आईसीसी विश्वकप २०२३ को आठौं खेलमा ब्याटले ठूलो सनसनी पैदा गरेका थिए ।

आँधीबेहरी शैलीमा ब्याटिङ गर्दै इंग्ल्याण्डका ब्याट्सम्यानले १०७ बलमा १४० रनको विस्फोटक इनिङ खेले । यो शानदार इनिङबाट मलानले विश्वकपका धेरै ठूला कीर्तिमान पनि तोडेका छन् ।

डेभिड मलान र जोनी बेयरस्टोले बंगलादेशविरुद्ध इंग्ल्याण्डलाई धमाकेदार सुरुवात गरेका थिए । दुवैले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । बेयरस्टो पेभिलियन फर्किएपछि मलानले जो रुटसँग शतकीय साझेदारी गर्दै इंग्ल्याण्डको ठूलो स्कोरको जग बसाएका थिए ।

मलान विश्वकपमा इंग्ल्याण्डका लागि शतक प्रहार गर्ने सबैभन्दा पाका ब्याट्सम्यान पनि बनेका छन् । मलानले ३६ वर्षको उमेरमा यो उपलब्धि हासिल गरेका हुन् ।

एकदिवसीय क्रिकेटमा डेभिड मलानले बनाएको यो छैटौं शतक हो । मलानले एकदिवसीय क्रिकेटमा ६ शतक प्रहार गर्न कम्तीमा २३ इनिङ्स खेलेका छन् । यस मामिलामा उनले इमाम उल हक, बाबर आजम र शुभमन गिलजस्ता ब्याट्सम्यानलाई पछाडि छोडेका छन् ।

इमाम उल हकले २७ इनिङ्स खेलेर यो उपलब्धि हासिल गरेका थिए भने बाबरले एकदिवसीयमा ६ शतक प्रहार गर्न ३२ इनिङ्स लिएका थिए ।