२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँः रोहित चन्द



अ+ अ-

काठमाडौँ । फुटबल वल्र्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिब्र पारेको छ ।

असोज २५ गते दशरथ रङ्गशालामा हुने लाओससँगको खेलका लागि तयारी तिब्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् । प्रशिक्षकले मंगलवार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताउनु भयो । उहाँले लाओससँग खेल्नका लागि आफूहरु सबै किसिमले तयार रहेको बताउनु भयो ।

त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताउनु भयो । उहाँले तयारी राम्रो भएको र नयाँ खेलाडीहरु भएकाले जोश जाँगर रहेको बताउनु भयो । नयाँ खेलाडीलाई आफूहरुको अनुभव सिकाउने बताउनु भयो । उहाँले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताउनु भयो ।

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।




भर्खरै