२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र नेपाल रेडक्रसमा नौ सदस्यीय तदर्थ समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोटमा नेपालले लाओसको सामना गर्दै



अ+ अ-

काठमाडौं । विश्वकप २०२६ फुटबलको एसियाली छनोटको पहिलो चरण अन्तर्गत नेपालले आज (बिहीबार) लाओसको सामना गर्दैछ । नेपाल र लाओसबीचको खेल दशरथ रंगशालामा नेपाली समय अनुसार साँझ साढे ५ बजे सुरु हुनेछ ।

आज नेपालको घरेलु मैदानमा दुई टोलीबीच पहिलो लेगको खेल हुन लागेको हो । दुई लेगको खेलमा जित निकाल्ने टिम एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपालले विश्वकप छनोट प्रारम्भिक चरणको खेलकै लागि म्यानमारसँग दुई खेल खेलेको थियो ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो अल्बर्टो एनेसले लाओसको सामना गर्न उत्साहित रहेको उल्लेख गर्दै यस पटक प्रदर्शनबाट सुधार देखाउने बताएका छन् ।

लाओसविरुद्धको खेल कति महत्वपूर्ण छ भन्ने सबैलाई थाहा भएको उल्लेख गर्दै प्रशिक्षक एनेसले सोहीअनुसार राम्रो प्रदर्शन गर्ने अपेक्षा गरे । उनले पछिल्ला दुई महिनाको तयारीले टोली बलियो रहेको पनि विश्वास व्यक्त गरे ।

नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङले टोलीको तयारी राम्रो भएकाले लाओसको सामना गर्न तयार रहेको बताए । लामो समयदेखि राम्रो तयारी गरेकाले लाओसविरुद्ध प्रदर्शन सुखद् रहने उनको विश्वास छ । यसअघि नेपालले त्रिकोणात्मक शृंखलामा लाओसलाई हराएको थियो ।

तर, यस पटक लाओसमा धेरै सुधार भएकाले विश्वकप छनोट खेल फरक हुने किरणको भनाई छ । उनले पनि त्रिकोणात्मक श्रृंखलामा जस्तो लाओस यस पटक नरहेको उल्लेख गर्दै सो टोलीमा केही परिवर्तन भएको बताए ।

दुवै टिम पहिलो चरणमा जित निकाल्दै दोस्रो चरणमा आफूलाई सुरक्षित गर्न चाहन्छन् । दोस्रो चरणमा पुग्ने टोलीले एसियाका शीर्ष देशसँग होम एण्ड अवेका आधारमा छनोट खेल्ने अवसर पाउनेछन् ।