२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहका कर्मचारीहरुको माग अविलम्व पूरा गरियोस्: सांसद थापा



अ+ अ-

काठमाडौँ । नेकपा(एमाले)का सांसद सूर्य थापाले स्थानीय तहका कर्मचारीहरुको माग अविलम्ब पुरा गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा शुन्य समयमा बोल्दै सांसद थापाले स्थानीय तहका कर्मचारीहरुको आन्दोलनका कारण स्थानीय तह ठप्प भएको बताउनुभएको हो ।

उहाँले कर्मचारीहरुको जायज मागहरुलाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो । उहाँले इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारका लागि सरकार समयमै गम्भिर हुन नसकेको बताउनु भयो । उहाँले इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘इजरायलमा अलपत्र परेका नेपालीहरुको उद्धारमा सरकार समयमै गम्भिर हुन नसक्दा र नागरिकहरुको चित्कार र रोदनको सुनुवाइ हुन सकेन । सरकार पहलकदमी विहिन र प्रचारमुखि कार्यमा सिमित रह्यो । अहिले केही पहलकदमी लिएको छ । हमास र लडाकुहरुबिच युद्ध लम्बिने सम्भावना रहेको हुँदा मध्यपूर्वको शान्ति स्थापनाको कार्यमा संयुक्त राष्ट्रसंघको दुई राष्ट्र स्थापनाको प्रश्ताव अनुरुप समाधान खोज्न तथा इजरायल र प्यालेस्टाइन राज्यको स्वतन्त्र अस्तित्वलाई सम्मान गरेर अगाडी बढ्न म नेपाल सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु ।

स्थानीय तहका कर्मचारीहरु असोज १४ गतेदेखि आन्दोलनमा छन् । स्थानीय तहका कामहरु ठप्प छन् । तिनको जायज मागहरु सम्बोधन गर्नेगरी सहमती र सम्झौता गर्न सरकारले किन वास्ता गरिरहेको छैन । उल्टै दमनमा उत्रिएको छ । म स्थानीय तहका राष्ट्रसेवकहरुका जायज माग अविलम्ब सुन्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले नेपाली भूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरको भ्रमणको सम्बन्धमा सरकारले संसदमा जवाफ दिनुपर्ने बताउनु भयो ।